चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि ई–कमर्स इन्टरनेसनलले अवैध रूपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेखको आठबिस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् ।
नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन...