धनकुटामा वरिष्ठ नेत्र चिकित्सक डा. पोख्रेलको अभिनन्दन

धनकुटा : गृह जिल्ला धनकुटामा ‘आँखा बा’ भनेर चिनिने प्राडा रामप्रसाद पोख्रेललाई अभिनन्दन गरिएको छ। नेपाल नेत्र ज्योति संघ धनकुटाले १२ औं साधारणसभाका अवसरमा उनलाई अभिनन्दन गरेको हो।धनकुटामा जन्मिएर धनकुटामा आँखा अस्पताल निर्माणका लागि आवश्यक जग्गासहित अन्य महत्वपूर्ण काममा योगदान गरेको भन्दै संघले उनलाई सम्मान गरेको हो। उनकै नाममा धनकुटामा आँखा अस्पताल सञ्चालनमा रहेको छ। धनकुटामा सञ्चालित आँखा अस्पतालले धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुमका नागरिकलाई सह