खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फाइबर सिरक बाँडेकाे छ ।
उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत चिसाेबाट जाेगाउन दिक्तेल ५ लफ्याङका ५० जना ज्येष्ठ नागरिकलाई नगरपालिकाले सिरक बाँडेकाे हो । जाडो मौसममा ओढ्ने न्यानो कपडाको प्रबन्धका लागि ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख इरन राईले बताउनुभयो ।
सिरक पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् । नगरपालिकाले सिरक बाँड्ने भएपछि वृ...