सत्ता गठबन्धनको निर्णायक बैठक बिहीबारका लागि बोलाइएको छ । बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भएको छलफल पछि भोलिका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो । एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षा विपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो । नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले आज स