निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । सीमा क्षेत्रमा हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने प्रहरीको मुख्य योजना छ । जिल्ला प्रहरी कार्यालय मातहतका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरी गाउँदेखि शहरसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहतमा इलाका प्रहरी कार्यालय (क क्षेणी) तीन, इलाका प्रहरी कार्यालय (ख क्षेणी) सात, वडा प्रहरी दुई, सीमा प्रहरी चौकी तीन, प्रहरी चौकी २८ र अस्थायी प्रहरी पोष्ट १२ गरी कुल ७१ प्रहरी युनिट छन् । नेपाल प्रहरीतर्फ जिल्लाभरि कुल एक हजार १६७ दरबन्दी रहेको यस जिल्लामा हाल ९४३ प्रहरी कार्यरत छन् । रासस

सम्बन्धित सामग्री

निर्वाचनकेन्द्रित सुरक्षा व्यवस्था तयारी पूरा : गृहसचिव सिंह

सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाइँदै

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अछाममा सुरक्षा व्यवस्था, मतदान केन्द्र र गणनास्थलको अवस्थाबारे अनुगमन भइरहेको छ । मुख्य निर्वाचन अधिकृत र जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोलीले जिल्लाभर अनुगमन थालेको हो ।

बारा, पर्सामा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार

स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै बारा, पर्सा, रौतहट र मकवानपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका दुवै जिल्लामा हुनसक्ने सम्भावित घटनालाई लिएर सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा निकायका प्रमुखहरुले जनाएका छन् ।बिहीबार बाराको निजगढमा बसेको अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठकले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, धाँदलीरहित ढंगले सम्पन्न गर्न पर्सा बारा, पर्सा र रौतहट जिल्लाका सीमा क्षेत्रहरुमा हुनसक्ने निर्वाचन विरोधी गतिविधि रोक्न प्रभावकारी स

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।  विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन...

निर्वाचन सुरक्षा योजनाको तयारी

राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्याङ्कन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन मन्त्रालयले सरोकारवाला सम्बद्ध निकायसँग समन्वय गर्दै आएको जनाएको छ । नेपाल प्रहरीले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई उ