काठमाडौं । अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा व्यस्त छ । मन्त्रालयको नेतृत्व सम्हालिरहेका अर्थमन्त्री विष्णु पौडेलको दैनिकी पनि अचेल फेरिएको छ । उनी बिहान ८ बजे नै मन्त्रालय पुग्छन् । अर्थका केही कर्मचारीहरुको टोली पनि बिहानै मन्त्रालयमा पुग्छ ।बजेट निर्माण गर्ने कर्मचारीहरुको टोलीसँग छलफल गर्नु, दैनिक हुने भेटघाटलाई व्यवस्थित गर्नु अनि विभिन्न मन्त्रालयका अधिकारीहरुलाई अर्थ मन्त्रालयमा बोलाएर छलफल गर्नु मन्त्री पौडेलको दैनिकी बनेको छ ।अर्थ मन्त्रालयका विभिन्न ५ वटा महाशाखाका प्रमुख