किसानले आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा थाहा पाउन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यो काम अब आर्टीफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकतामा आधारित ‘साथी’ डिभाइसले गर्ने भएको छ ।