उपत्यकामा फोहोर फाल्ने ठाउँ खोज्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक-पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ । बञ्चरेडाँडामा हानीकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अध्ययास सुरु गरेको हो […]

सम्बन्धित सामग्री

फोहोर उठाउन १८ बुँँदे सहमति, राति मात्रै लैजान पाउने

काठमाडौँ – उपत्यको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमित भएको छ। यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो। सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने समझदारी भएको छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण […]

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको जानकारी अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । यसक्रममा प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको ढकालले बताए । ‘घर–घरभित्र छिरेर प्रहरीले महिलालाई

बौद्धमा मानिसको खुट्टा फेला

काठमाडौं। काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्ती नजिक फोहोर फाल्ने गरेको जग्गामा मानिसको घुँडाभन्दा मुनिको भाग फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी टोलीले बोरामा हालेको अवस्थामा मानिसको खुट्टा फेला पारेको हो। उक्त घटनामा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ। रासस