एमसिसीको काम सुरू, घरजग्गा खाली गर्न ३५ दिने म्याद

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको काम सुरू भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले परियोजनाअन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ।अधिग्रहण गरिएका जग्गामा ४०० केभी रातमाटे सबस्टेसन निर्माणको काम अघि बढाउनुपर्ने भएकाले जग्गा खाली गर्न आग्रह गरिएको छ।सूचनामा उल्लेख छ‚ ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकाले मुआब्जालगायत