लगानी वृद्धिका लागि नीतिगत सुधारमा निक्कीको जोड

काठमाडौं (अस) । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालमा औद्योगिक क्षेत्रको लगानी अभिवृद्धिका लागि आवश्यक नीतिगत सुधारका साथै सरलीकरण र सहजीकरण गरिनुपर्ने बताएको छ । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग संघको सचिवालयमा भएको छलफलमा औद्योगिक क्षेत्रको लगानी बढाउन नीतिगत सुधार आवश्यक रहेकामा संघले जोड दिएको हो । उक्त अवसरमा संघ अध्यक्ष सिर्जना राणाले संस्थाको स्थापना, उद्देश्य, नेपालको औद्योगिक विकास तथा समग्र आर्थिक विकासका लागि पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराइन् । विदेशी लगानी भित्र्याउन बनेका नियमलाई अझ सहज बनाइनुपर्ने र त्यसका लागि विभागले आफ्नो भूमिकालाई प्रभावकारी र सरल बनाउनुपर्ने उनको धारणा छ । कार्यक्रममा संघ उपाध्यक्ष सुनील केसीले नेपालमा आउन चाहने साना तथा ठूला सबै किसिमका लगानीका लागी विभागले सहजीकरण गर्न सक्ने बताए । विशेषगरी सूचना प्रविधि र साना तथा मझौला उद्योग क्षेत्रमा हाल बिद्यमान न्यूनतम लगानी रकमको व्यवस्थालाई घटाएर १ करोड कायम गर्न सकिए भारतबाट नेपालमा आउने लगानीको क्षेत्रमा सुधार हुन सक्ने उनले बताए । संघले नेपालमा विदेशी लगानी विशेषगरी भारतीय लगानी भित्र्याउन प्रयास गरिरहेको जानकारी दिए । ‘सन् ९० को दशकमा जसरी डाबर, लिभर, सूर्य नेपालजस्ता कम्पनी नेपाल आएका थिए, त्यतिबेलाजस्तो लगानीमैत्री वातावरण बन्नुपर्छ । हाम्रो प्रयास विदेशी नयाँ उद्योग व्यवसायलाई नेपालमा भित्र्याउन सरकार र निजी क्षेत्र सँगै लाग्नुपर्छ,’ उनले भने । विभागले निजी क्षेत्रका प्रतिनिधि संस्थालाई समेटेर एफडीआई रिभाइभ कमिटी स्थापना गरेर विदेशी लगानी भित्र्याउन भएका पहलको समीक्षा र आगामी दिनका लागि आवश्यक योजना तर्जुमा गर्न उनले सुझाए । संघले पनि भारतीय लगानी भित्र्याउने सम्बन्धमा आगामी दिनमा नेपाल–भारत साझेदारी सम्मेलन, काठमाडौं–कोलकाता फोरम, नेपाल–इन्डिया ईन्टरप्रेनरसिप प्रोमोसन सेन्टर स्थापनालगायत कार्ययोजनामा काम गरिरहेको केसीले बताए । संघका उपाध्यक्ष सैवाल घोषले नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा समस्या रहेको बताउँदै यहाँ सञ्चालित भारतीय तथा विदेशी लगानीका कम्पनीले प्रतिलिपि तथा ट्रेडमार्क दर्ता समस्या भोग्नुपरेको जानकारी दिए । यसका लागि दर्ता प्रक्रिया सहज बनाउन र अन्तर्राष्ट्रिय प्रचलनअनुरूप पहल गर्न पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६ लाई समयसापेक्ष सुधार गर्न उनको आग्रह छ । कार्यक्रममा विभागका महानिर्देशक तिवारीले संघले समग्र औद्योगिक क्षेत्रको विकासका लागि उपलब्ध गराएका सुझाव समयसापेक्ष रहेको बताए । नेपालमा उद्योग स्थापना गर्न विदेशी लगानी भित्र्याउनु आवश्यक रहेकाले विभागले पछिल्लो समय यसमा रहेका अप्ठेरा फुकाउने पहल गरिरहेको उनले जानकारी दिए। ‘एकद्वार प्रणालीको माध्यमबाट लगानीकर्तालाई केही सजिलो गर्ने प्रयास भए पनि थप सुधार आवश्यक छ । संघले उपलब्ध गराएका सुझाव र समस्यालाई विभागले निराकरणको प्रयास गर्नेछ’, तिवारीले भने ।

सम्बन्धित सामग्री

पर्यटनमा नीतिगत सुधार गर्छौं : पर्यटन मन्त्री

८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटनमा नीतिगत सुधार गरिने बताएका छन् । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताए । मन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा […]

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक छः मन्त्री चौधरी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन्। प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताइन्। ‘मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ। मन्त्रालयले बाल सुधार गृहको […]

निर्यात प्रवर्धन गर्न नीतिगत सुधार गरौं: चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्। निर्यात प्रवर्धन गरेर व्यापारघाटा कम गर्ने भनिए पनि व्यावहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए।...

‘पर्यटन क्षेत्रमा नीतिगत सुधार आवश्यक’

काठमाडौं । विज्ञहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् । उनीहरुले विद्यमान ऐन, कानूनहरुले पर्यटन क्षेत्रको विकास सम्भव नहुने भन्दै ऐन, कानूनलाई समयानुकुल परिमार्जन गर्दै समृद्ध बनाउनुपर्ने बताएका छन् । त्यस्तै, […]

प्रदेशको भौतिक पूर्वाधारको दिगो विकाससँगै नीतिगत सुधार गर्नेछु : मन्त्री देउवा

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको भौतिक पूर्वाधारको दिगो विकास सँगै नीतिगत सुधार गर्ने बताएका छन्। विहीबारबाट डडेल्धुरामा सुरु भएको ५ औं डडेल्धुरा महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री देउवाले आफ्नो कार्यकालमा सुदूरपश्चिम प्रदेशमा पूर्वाधारको क्षेत्रमा दिगो विकाससँगै नीतिगत रुपमै सुधार गर्ने उल्लेख गरे। कृषि,पर्यटन, उद्योग र व्यापार समृद्व डडेलधुराको आधार भन्ने […]

औद्याेगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ : अग्रवाल

९ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । ८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयाेजित कार्यक्रममा बाेल्दै अग्रवालले अर्थतन्त्रमा समस्या देखिएको बेला उद्योगहरु झनै धरासायी भएको बताए । उद्योगहरुकाे उत्पादन लागत घटाउन, युवा उद्योगी जन्माउन र निर्यातमा […]

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छः उद्योगमन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आज आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुनःसञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने बताए। […]

‘वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ’

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडुले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन्  । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुनः सञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता […]

‘लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक’

उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक रिपोटर्स एसोसिएसनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलता : अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्...

नयाँ लगानी र उद्यमशीलता अभिवृद्धिका लागि 'नीतिगत सुधार' आवश्यक

नेपालमा उत्पादनमुलक क्षेत्रमा नयाँ लगानीका लागि र उद्यमशीलता अभिवृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्।...