प्रधानमन्त्री चीन भ्रमण झारो टार्ने खालको र विनातयारीको थियो । चीन भ्रमणको बारेमा राष्ट्रिय रूपमा न कुनै छलफल चलाइए न राष्ट्रिय एजेण्डा कस्ता हुन सक्लान् र नेपालले कसरी प्रस्तुत हुन आवश्यक छ भन्ने बारेमा कुनै तयारी भए । सतही रूपमा केही कुरा हुने, सलौट र भतेर हुने बाहेक खासै नयाँ कुरा हुँदैनन् भन्ने पहिला नै अड्कल काट्न सकिने अवस्था थियो, हुन पनि त्यही भयो ।