कर्मचारी सञ्चयकोष प्रमुख गौतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, काममा फर्किन बाटो खुला

सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यो आदेशसँगै गौतम भोलिदेखि साविककै हैसियतमा कर्मचारी सञ्चय कोषमा फर्कन पाउनेछन् । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले गौतमलाई हटाउने सरकारी निर्णयमा रोक लगाइदिएको हो । यो रिटमा थप सुनुवाइपछि मुद्दाको अन्तिम किनारा लाग्नेछ । गौतमलाई भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो ।  आफूलाई हटाउने निर्णयविरुद्ध गौतमले भदाै ११ ...