राफेल नाडालले चुमे अस्ट्रेलियन ओपन टेनिसको उपाधि

अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जितेका छन्। आइतवार राति भएको खेलमा रुसी खेलाडी डेनियल मेदभेदेवलाई पराजित गर्दै ३५ वर्षीय नाडालले २१औँ ग्रान्डस्लाम जित्ने कीर्तिमान बनाउन सफल भएका हुन्।अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ मेलबर्न पार्कमा भएको फाइनलमा नाडालले दोस्रो वरियताका मेदभेदेवलाई २–६, ६–७ (५–७), ६–४, ६–४ र ७–५ को सेटमा पराजित गरे। पाँच घन्टा २४ मिनेट लामो संघर्षपूर्ण भिडन्तमा मेदभेदेवले सुरुवाती दुई सेट जित्दै नाडालमाथि दबाब बनाए पनि