सर्लाही : फागुन महिनाबाट सुक्खा मौसम शुरु भएसँगै सर्लाहीको चुरे भेगका स्थानीय डढेलोको त्रासमा परेका छन्। सुक्खा र हावाहुरीको मौसममा जिल्लाको चुरेका जंगलमा डढेलो लाग्ने गरेको छ। पूर्व–पश्चिम राजमार्ग क्षेत्रका विभिन्न सरकारी र सामुदायिक वन तथा सागरनाथ वन विकास परियोजना, घुर्कौली वन क्षेत्रमा पनि बर्सेनि डढेलो लाग्ने गरेको स्थानीय बताउँछन्। केही दिनदेखि मुर्तिया वन क्षेत्रमा आगलागी भइरहेको छ।वसन्त शुरु भएसँगै रुख बिरुवाको नयाँ पात आउने र पुराना पात झरेर सुक