स्पेनमा सांस्कृतिक कार्यक्रमसहित नेपाली हिमशिखरको नाममा आयाेजित घोडादौड सम्पन्न

काठमाण्डाै - नेपाल र स्पेनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा स्पेनमा आयाेजित घोडादौडसहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।   स्पेनमा रहेकाे नेपाली दूतावासले गएकाे शनिवार म्याड्रिडको हिपोड्रोमो डी ला जज्रबेलामा कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । हिमाल तथा हिमनदीहरूमा परेको जलवायु परिवर्तनको असरबारे चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।  कार्यक्रममा सगरमाथासहित मकालु, कञ्चनजङ्घा, लोत्से, चोयू, धवलागिरि, ...