पेट्रोलको मूल्यवृद्धिविरुद्ध मुख्यमन्त्री नै सडकमा, घाँटीमा पोस्टर झुण्ड्याएर बाइक र्‍याली

लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सडकमा उत्रिएकी छन् । मुख्यमन्त्री बनर्जीले कलकत्तामा विद्युतीय बाइक र्‍याली गरेकी छन् ।  उनी कलकत्ताका मेयर फिरहाद हकीमको बाइकमा बसेर र्‍यालीमा सहभागी भएकी हुन् । मुख्यमन्त्री बनर्जीको घाँटीमा महंगीविरुद्ध पोस्टर झुण्डिएको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले मूल्यवृद्धि गराएपछि मुख्यमन्त्री बनर्जी त्यसको विरोध गर्दै सडकमा उत्रिएकी हुन् । ‘...