दाङ । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको आधा अवधिमा विकास बजेटभन्दा प्रशासनिक बजेट बढी खर्च गरेको छ । आर्थिक वर्षको करिब आधा समय गुज्रिसक्दासम्म पनि सरकारले विकास बजेट खर्चमा उत्साहप्रद प्रगति गर्न सकेको छैन । प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा १८.४५ प्रतिशत अर्थात् ७ अर्ब ८६ करोड ६८ लाख ५५ हजार १४९ रुपैयाँमात्रै खर्च गरेको छ ।
सरकारले चालुतर्फ १८ अर्ब ३७ लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमा पुस मसान्तसम्म २३.४३ प्रतिशत अर्थात् ४ अर्ब २१ करोड ७४ लाख ४१ हजार...