लुम्बिनी विकास बैंकद्वारा विद्यालयलार्ई प्रिन्टर सहयोग

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेड देवीघाट शाखाले नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर सहयोग गरेको छ । शाखाका प्रमुख रमेशकुमार नेपालले बैंकको वर्तमान अवस्था तथा भावी योजनाका बारेमा धारणा राखेका थिए । विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरुले बैंकलाई सहयोगका लागि धन्यवाद दिएका थिए । बैंकले हाल देशका सातओटै प्रदेशका ८९ शाखा कार्यालय तथा एक एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकद्वारा टाँडीचोकमा अत्याधुनिक फिल्टर जडान

चितवन । लुम्बिनी विकास बैंक लिमिटेडको टाँडी शाखाले रत्ननगरको टाँडी चोकमा खानेपानीको फिल्टर जडान गरेको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको समन्वयमा ५० लिटर क्षमताको अत्याधुनिक फिल्टर सहयोग गरेको हो ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक कार्यक्रमबीच उक्त सामान हस्तान्तरण गरेको हो । उक्त फिल्टर पूर्वपश्चिम राजमार्गको टाँडीचोकस्थित आकाशे पुलनजिक जडान गरिएको छ । बैंकका टाँडी शाखाका शाखा प्रबन्धक सन्तोष श्रेष्ठले स्थानीय तथा बजारमा किनमेल गर्न आउने यात्रीहरूलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले फिल्टर सहयोग गरिएको बताए । बैंकले अन्य जिल्ला तथा ठाउँमा पनि सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई पनि निरन्तरता दिने उनको भनाइ छ ।  खानेपानी समितिका अध्यक्ष माधव प्रसाद अर्यालले रत्ननगरवासीलाइ सहज एवं सुलभ रूपमा शुद्ध पिउनेपानी वितरण गर्दै आइरहेको भन्दै बैंकको यो अभियानको प्रशंसा गरे ।  देशभर ८९ ओटा शाखा भएको सो बैंकले करिब आफ्ना ४ लाख ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

लुम्बिनी विकास बैंकद्वारा सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग

लुम्बिनी विकास बैंक लिमिटेडले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई २ लाख ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । क्लबको प्रशंशा गर्दै सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल-बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार […]