सुनसरीमा आइतबारदेखि हराएका दुईजना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा आज फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् ।आइतबार दिउँसोदेखि घरबाट हराएको खोजी गर्ने क्रममा सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । त्यसैगरी इनरुवा–२ रामजानकी टोलका ६५ वर्षीय गङ्गाराम मण्डल घर नजिकैको नहरमा मृतावस्थामा फेल