मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग समेत भागबण्डा मिलाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ । संविधानविद् भीमार्जुन आचार्यले समेत देउवाको पछिल्लो कदममाथि प्रश्न उठाएका छन् । उनले मन्त्रिपरिषद् विस्त