‘जेठ–असारमा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्न सक्छ, स्वास्थ्य मापदण्ड पालना गराैँ’

काठमाण्डौ – सरकारले आउँदो जेठ र असारमा कोभिड–१९ सङ्क्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको हो । पछिल्लो समय कोभिड सङ्क्रमितहरू बढ्दै गएको र छिमेकी देश भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना नगरे जेठ, असारमा फेरि उच्च दरमा पुग्न ...

सम्बन्धित सामग्री

रोहित शर्मालाई कोरोना सङ्क्रमण पुष्टि

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसले इङ्ल्याण्डविरुद्ध एजब्यास्टनमा हुन गइरहेको टेस्टमा उनको सहभागितामा शङ्का उत्पन्न भएको छ ।रोहित हाल भारतीय क्रिकेट टोली बसिरहेको होटलमा स्वास्थ्य मापदण्ड पालना गर्दै आइसोलेसनमा बसिरहेका छन् । उनले पाँच दिन आइसोलेसनमा बस्नुपर्छ । थाइल्याण्डसँगको टेस्ट जुलाई १ मा सुरु हुँदैछ । बीसीसीआईले एक वक्तव्य जारी गर्दै शनिबार गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा शर्मामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि

पूर्णरूपमा खुल्यो जमुनाह नाका

नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाह आजदेखि पूर्णरूपमा खुला भएको छ । सरकारद्वारा भएको भारतसँगको नाका खोल्ने औपचारिक निर्णयलाई कार्यान्वयन गर्दै आजदेखि नेपालगञ्जस्थित जमुनाह नाका पूर्णरूपमा खुला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर आवागमनका लागि नाका पूर्णरूपमा खुला गरिएको छ । कोरोना पूर्वकै अवस्थामा नाकालाई सञ्चालनको निर्णय गरिए पनि स्वस्थ मापदण्डमा भने कडाइ नै रहनेछ ।कोरोना सङ्क्रमण बढेपछि भारतीय सवारी नेपाल

मास्क नलगाउने १३ सय २५ जनालाई ‘होल्ड’

काठमाण्डौ - काठमाण्डौमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ । आज मात्रै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा मास्क नलगाइ हिँड्ने १३ सय २५ जनालाई सम्झाइबुझाइ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले मास्क नलगाइ हिँड्नेहरुलाई अनिवार्य मास्क लगाउन भनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले काठमाण्डौ उपत्यकाका चोकचोकमा खटिएका प्रहरीले स्वास्थ्य मापदण्ड पालना भए नभएकाबारे अनुगमन गर्दै आएको छ । को...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएकाे आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना सङ्क्रमण देखिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न न...

चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने ,अझ सतर्क हुन जरुरी

देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ । केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।