नेपाल वायुसेवा निगमले कर्मचारीहरुको निरन्तर आन्दोलनका कारण संस्थाको महत्वपूर्ण काम कारबाहीहरू प्रभावित हुन पुगेको आरोप लगाएको छ । बिहीबार निगमका महानिर्देशक डिमप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरुको आन्दोलनका कारण संस्थाको दैनिक कामकाज देखि महत्वपूर्ण निर्णय र दसैं तिहारजस्ता ठूला चाडपर्वको सम्मुखमा कर्मचारीलाई तलब वितरणमा समेत समस्या परेको बताएका हुन् । यसले संस्थागत मर्यादाको उलंघन मात्र नभएर संस्थाको भविष्य माथिनै गम्भीर संकट पैदा गरेको महाप्रबन्धक पौडेलको भनाई छ । सा