सल्यान : सल्यानमा यस वर्ष सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ। ३ वर्षदेखि सुन्तला उत्पादन निरन्तर ओरालो लागेको सल्यानमा यस वर्ष भने २० प्रतिशत वृद्धि भएको छ।कृषि विकास कार्यालय सल्यानका अनुसार गत वर्ष ६ हजार ९८० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ८ हजार ३७६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनमा असर परे पनि सुन्तलाका लागि फाइदा हुँदा उत्पादन बढेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतकुमार बस्नेतले