उत्पादनमूलक र निर्यातजन्य उद्योगलाई छुट दिन महासंघको माग

नयाँ बजेटमा स्वदेशी उत्पादन र निर्यातजन्य उद्योगलाई छुट हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ । नेपालमा उत्पादन हुने र निर्यात गरिने व्यवसायलाई छुट दिएर आर्थिक अवस्था र व्यापार घाटा कम गर्न सकिने भन्दै महासंघले सरकारलाई उत्पादनमूलक उद्योगहरूमा छुटको माग गरेको हो ।