सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक निरन्तर राेकिँदै आएकाे छ । भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान कायमै रहेपछि बैठक राेकिँदै आएको हो । जेठ २४ गतेदेखि सुरु भएको बैठक निरन्तर राेकिँदै आएको हाे । आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूको अडान कायमै रहेको भन्दै मन्त्रीलाई बर्खास्त नगरेसम्म बैठक चल्न नदिने भनेपछि बैठक आधा घण्टाका लागि स्थगित भएकाे थियाे । त्यसपछि पनि एमाले सांसदले विराेध जनाए...