काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्त्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०७९ चैत ८ गतेको पत्रमार्फत स्वीकृत भई बीमितहरूका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
सार्वजनिक बोनसदर अनुसार कम्पनीले न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । कम्पनीले सात ओटा बीमालेखअन्तर्गत विभिन्न अवधिहरूको लागि न्यूनतम २० रुपैयाँदेखि ७६ रुपैयाँसम्म ब्याजदर निर्धारण गरेको हो ।
जसमा कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको १७ हजार ४४० ओटा बीमालेख विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउने छन् ।
त्यस्तै, गुराँस बाल सुरक्षा र गुराँस नौलो बालसुरक्षा सावाधिक जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिको लागि प्रतिहजार ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४९ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको २४ हजार २८५ ओटा बीमालेख विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउने छन् ।
साथै सावधिक तथा आजीवन बीमालेखअन्तर्गत कम्पनीले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ५ हजार ८४७ ओटा विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस पाउने छन् ।
त्यस्तै कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा न्यूनतम ३६ रुपैयाँदेखि ४८ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले कम्पनीले १४ वर्ष अवधिको लागि प्रतिहजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४२ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४८ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि बोनसदर कायम गरेको छैन । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६८९ ओटा विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउने छन् ।
साथै वार्षिक नगद फिर्ता योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी विक्री भएको पाइन्छ । यस योजना ६ हजार ९८८ ओटा विक्री भएको छ । यस पोलिसीमा बीमितहरूले ४३ रुपैयाँ बोनस पाउनेछन् ।
त्यस्तै, गुराँस सुरक्षित भविष्य जीवन बीमाअन्तर्गत कम्पनीले न्यूनतमा २० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार २५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ३१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ३७ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ३३४ ओटा विक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनस पाउने छन् ।
३० वर्षे गुराँस जीवन रक्षक (सीमित भुक्तानी) गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा बढी अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा सबैभन्दा धेरै १५ देखि १९ वर्षको योजना विक्री भएको छ । कम्पनीको यस योजना १७४ ओटा विक्री भएको छ । जसमा बीमितहरुले ३७ रुपैयाँ बोनस पाउनेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला