गायक मुरलीधर राप्रपा प्रवेश, सिरहाबाट प्रतिनिधिसभाका लागि उठ्ने

काठमाडौं । गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालयमा उनलाई स्वागत गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका ‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो’, जस्ता गीत चर्चित छन् ।उनले उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानी […]

सम्बन्धित सामग्री

गायक सञ्जय श्रेष्ठले काठमाडौं-६ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं : गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको क्षेत्र नम्बर ६ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट टिकट नपाएपछि गायक श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। यसअघिको प्रतिनिधिसभा निर्वाचनमा उनले राप्रपाबाट चुनाव लडेका थिए। टिकट नपाएपछि उनले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए। निर्वाचन आयोगको कार्यतालिका अनुसार…

टिकट नदिएपछि गायक सञ्जय श्रेष्ठले छाडे राप्रपा, काठमाडौं-६ बाट उम्मेदवारी दिने

काठमाडौं : गायक सञ्जय श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन्। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि उनले राप्रपा छाडेका हुन्। सञ्जयले चार महिना अघि नै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका थिए। राप्रपाले सो क्षेत्रबाट विष्णु प्रसाद आचार्यलाई उम्मेदवार बनाएपछि श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन्।…

गायक संजय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं । गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । मंसिर ४ गते हुने संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको जनाएका हुन् । फेसबुक स्टाटसमा उनी लेख्छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नू केही छैन, […]

सिरहा–२ बाट गायक/संगीतकार मुरलीधर राप्रपाका उम्मेदवार

राष्टिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका‌ ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए । उनी गायक तथा सङ्गीतकार पनि हुन ।&n

सिरहा–२ वाट गायक संगितकार मुरलीधर राप्रपाका उम्मेदवार

सिरहा – राष्ट्रिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगमी निर्वाचनका लागि पार्टीका तर्फवाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् । मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङदेन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए […]

गायक मुरलीधर राप्रपा प्रवेश

काठमाडौं- गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने भएका छन् । अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा […]

गायक मुरलीधर राप्रपामा  प्रवेश

काठमाडौँ – गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन्। राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने भएका छन्। अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित […]

गायक मुरलीधर राप्रपा प्रवेश, सिरहाबाट उम्मेदवार बन्ने

काठमाडौं । गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार केन्द्रीय कार्यालयमा उनलाई पार्टी प्रवेश गराए । मुरलीधर सिरहाको क्षेत्र नम्बर २ वा ४ नम्बर क्षेत्रबाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत बन्ने भएका छन् । मुरलीधरका उडायो सपना सबै हुरीले, निष्ठुरीलाई माया गरी आफैंलाई रोगी बनाएँ, पहाडको […]

संसदीय चुनावमा गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने

गायक सञ्जय श्रेष्ठले संसदीय चुनावमा उम्मेदवारी दिने भएका छन् । उनले आगामी मंसिरमा हुने संसदीय चुनावमा आफु काठमाडौँ– ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।  उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने र पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । गायक श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको

गायक सञ्जय श्रेष्ठ राप्रपामा, लिङ्देनले गरे स्वागत

काठमाडौं, २४ मंसिर । गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन् । श्रेष्ठ राप्रपा नेपालबाट २०७० को चुनावमा काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवार बनेका थिए । यस्तै डाँडैमा मेला लागेछ गीतका चर्चित गायक कविन्द्र श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन् ।