राजधानीमा कारोनाभाइरसको बढ्दो संक्रमणका कारण बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । तर विभिन्न अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको अत्यधिक भीड देखिएको मात्रै छैन व्यवस्थापन पनि फितलो देखिएको छ । ललितपुरको निदान अस्पतालमा कोरोनाभाइरसको खोप लगाउनको लामो लाइन रहेको छ भने सामाजिक दूरीको कुनै पालना भएको देखिँदैन । उसो त व्यवस्थापन पनि फितलो देखिन्छ । लामो लाइन बसेपछि पालो बल्ल बल्ल आउँछ तर खोप लगाउनका लागि कार्ड नै नपाउने गरेको कतिपयले गुनासो गरेका छन् । &lsquo