बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरेका छन् ।गत जेठ १६ गतेदेखि संचालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा कुल २४ वटा