जुम्ला- सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढी-पहिराेले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए। बाढी-पहिराेले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको छ। दुई […]