काठमाडौं : आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। आज हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीले बिहीबार उम्मेदवारी मनोनयन गराएका छन्। सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएाक छन्। उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै छन् भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन्। सचिवमा एलिजा उप्र