दाङमा बस पल्टिँदा १० जना घाइते

दाङ – दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बिहीवार (आज) बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा ​ अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा दुई जना बालक, चार जना महिला र चार जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ की सपना विक, निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ की शर्मिला घर्ती, सल्यानकाे त्रिवेणी गाउँपालिका ६ का रामप्रसाद ...