प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा पूर्वमुख्यमन्त्रीदेखि गाउँपालिकाका पूर्वअध्यक्षसम्मका उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा १२ दल चुनावी मैदानमा छन्। यीमध्ये नेकपा (एमाले)का शेरधन राई (५५), नेपाली कांग्रेसका बालकृष्ण थापा (७३), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजम्बर राई काङमाङ (५८) र श्रम संस्कृति पार्टीका ध्रुवराज राई (४३)बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। राष्ट्रिय राजनीतिमा जल्दोबल्दो […]
काठमाडौँ। काठमाडौँको जमलस्थित नाचघरनजिकै पाँचवटा सवारीसाधन आपसमा ठोक्किएका छन्। केशरमहलबाट जमलतर्फ जाँदै गरेका र विपरीत दिशाबाट आउँदै गरेका सवारीसाधन जमलस्थित यलो प्यागोडा होटेल अगाडिको सडकमा ठोक्किएर मंगलबार भएको दुर्घटनामा चारजना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार बा.प्र.०१९०२८ च ४५१२ नम्बरको भ्यान र बा.प्र.०२००५६ प ३९६७ नम्बरको स्कुटर (ईभी) जमलतर्फ जाँदै […]
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी कुनै पनि हालतमा अन्य दलसँग विलय नहुने स्पष्ट पारेका छन् । उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी गठन भएको तीन महिना पनि पूरा नहुँदै विभिन्न चुनौती सामना गर्नुपरेको बताए । उनले पार्टी १२ दिनसम्म ‘कोमा’मा पुगेको जस्तो अवस्था आएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई […]
मङ्गलबारे – यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् । केही घरेलु मजदूर बनेका छन् । उनीहरू शिक्षाबाट वञ्चित मात्र भएका छैनन् । अभिभावकको सहारा नपाउँदा दुर्व्यवहार सहन बाध्य छन् । कोही कुलतमा फस्ने गरेका छन् । इलामको रोङ गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाको […]