काठमाडौं : रुसी विदेशमन्त्री सर्गेई लाभरोभले विश्वबाट पश्चिमा आधिपत्यको अन्त्य हुन लागेको बताएका छन्। संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गर्दै लाभरोवले नव औपनिवेशिक अल्पसंख्यक र भूमण्डलीकरणबीचको संघर्षबाट अब नयाँ विश्व व्यवस्था स्थापित हुन लागेको दाबी गरे।उनले योसँगै पश्चिमा देशहरुले खडा गरेको झुटको साम्राज्य ढल्ने र नयाँ विश्व व्यवस्थाको जन्म हुने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनले अमेरिकाको हातमा रहेको विश्वको सत्ता पनि खोसिन लागेको जिकिर गरे।उनले