पोखरा विमानस्थल सञ्चालनपछि बुद्ध एयरले दिल्ली उडान गर्ने, धावनमार्ग पूर्वतिर लम्ब्याउन आग्रह

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले दिल्ली र देहरादुनमा उडान गर्ने भएको छ ।  राष्ट्रिय गौरवका यो आयोजनाको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेकोले विमानस्थल तयार भएर सञ्चालनमा आएपछि उक्त गन्तव्यमा उडान शुरू गर्ने बुद्ध एयरले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । यो वायुसेवाले उक्त विमानस्थल सञ्चालनमा आएपछि पोखरामै ५ वटा जहाज राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने योजना सार्वजनिक गरेको हो । बुद्ध एयरको योजनाअनुसार पोखराबाट भारतको विभिन्न गन्तव्यहरूमध्ये शुर...