काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सवालमा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको बताउनुभयो । […]