रुपन्देहीमा खाता खोल्यो कांग्रेसले, कञ्चनको अध्यक्षमा कांग्रेस उपाध्यक्षमा माओवादी विजयी

रुपन्देही । रुपन्देहीका १६ पालिकामध्ये पहिलो पटक नतिजा सार्वजनिक भएको कञ्चन गाउँ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएका हुन् । अध्यक्षमा नवराज ढकालले १०१४१ मत ल्याए भने उपाध्यक्ष मौसमी थापा मगरले १०२८४ ल्याएर विजयी भएकी हुन् । […]