नक्कली लाइसेन्स प्रकरण: १ लाखभन्दा धेरै नक्कली लाइसेन्सको जालो भेटाउला सीआईबीले ?
अख्तियार स्रोतका अनुसार उनी १ लाखभन्दा बढी नक्कली लाइसेन्स प्रकरणमा समेत जोडिएको र आइटी इन्जिनियर समेत भएकाले अनुसन्धानका लागि सहज हुने भन्दै केही दिनअघि मात्रै अख्तियारमा काज गरिएको हो ।
नक्कली लाइसेन्स प्रकरणमा ‘किर्ते’ मुद्दा दायर भएपछि पाण्डे अझै फरार रहेका छन्। नक्कली लाइसेन्स बनाउन गिरोह नै चलाउने मध्येका पाण्डे यातायात कार्यालय बुटवलका तत्कालीन कम्प्युटर अपरेटर हुन्।
१६ वैशाख, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स …
पाँच सयभन्दा बढी नक्कली लाइसेन्स वितरण भएको विषयमा यातायात कार्यालय एकान्तकुनाका इन्जिनियरसहित चारजना दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले यो मुद्दाका १७ प्रतिवादीमध्ये १३ जनालाई दोषी ठहर गरेको हो ।...
प्रदेश सरकारमा अधिकार हस्तान्तरण भएको पाँच वर्षको अवधिमा झण्डै एक लाख नक्कली लाइसेन्स जारी भएको छानबिनबाट खुलेको छ । देशभरका ३५ यातायात कार्यालयमध्ये यस्ता धन्दाबाट कोही पनि अछुतो छैनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ कर्मचारीसहित १७ जनाविरुद्ध नक्कली लाइसेन्स बनाएको आरोपमा मुद्दा दायर गरेको छ । मंगलबार नक्कली सवारी लाइसेन्स बनाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् । अख्तियारले एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ कर्मचारी र अन्य ५ जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो । अन्य कर्मचारीहरु
न्युज अफ नेपाल, काठमाडौं । ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको छ । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत तत्कालै जाँच गर्न मिल्ने गरी प्रविधिको विकास गरेसँगै त्यस्ता चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको हो । विभागले निर्माण […]
काठमाडौँ – ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत अन द स्पट नक्कली लाइसेन्स चेकजाँच गर्ने व्यवस्था सुरु गरेको छ। सोमबार एक कार्यक्रमबीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक […]