परराष्ट्रमन्त्री खड्काद्वारा अमेरिकासँग हुने भनिएको एसपीपी सम्झौताको बचाऊ

काठमाडौं, ३१ जेठ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोगाम एसपीपीको बचाऊ गरेका छन् । उनले यो सम्झौता नभई साझेदार भएको र अमेरिकी सेनाले विभिन्न देशहरुसँग समन्वय गरी प्राकृतिक प्रकोपको सामना गर्ने विषय रहेको जिकिर गरे । ‘एसपीपी मानवीय सहयोग प्राकृतिक प्रकोपमा सघाउने अवधारणाबाट आएको हो,’ परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको […]

सम्बन्धित सामग्री

एसपीपीमा सहमति हुँदैन, यसको च्याप्टर सकियो : परराष्ट्रमन्त्री खड्का

काठमाण्डाै - परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा मन्त्री खड्काले एसपीपी नेपालको हितमा नरहेकाले यस विषयमाथि अब थप छलफल गर्न आवश्यक नभएको बताउनुभयो । उहाँले  नेपाली सेनाले समेत अगाडि नबढ्ने बताइसकेकाले अब यो सम्झौताको च्याप्टर क्लाेज भइसकेको जिकिर गर्नुभयो । उहाँले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि प्रष्ट पार्नु भएको छ ...