‘दुई पछि फ्री’ आकर्षक अफर ल्याउँदै स्मार्ट टेलिकम

आकर्षक ग्राहक अफर अन्तर्गत स्मार्ट टेलिकमले ‘दुई पछि फ्री’ अफर ल्याएको छ । स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको बाहेक बाँकी सबै अनलिमिटेड निःशुल्क भ्वाइस कल सुविधा प्रदान गरेको कम्पनीले नेपालको टेलिकम जगतमै पहिलो अफर ल्याएको जनाएको हो । कोरोना माहामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यस खालको सेवा अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफरले ग्राहक वर्गमा थप उत्साह र उमंग छाउनेमा आफुहरु विश्वस्त रहेक