नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संङख्या तीन पुगेको छ। आजदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तराष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं), गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल (लुम्बिनी) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (कास्की) नेपालमा सञ्चालनमा रहेका तीन वटा विमानस्थल हुन्। लुम्बिनी र कास्कीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब विदेश जाँदा र स्वदेश फर्कदा सर्वसाधरणलाई काठमाडौं आउनै पर्ने बाध्यता हटेको छ।