करिब ३ वर्षको अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास प्रकरणको प्रतिवेदन बिहीबार सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । लामो समय अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने व्यक्तिहरूको रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको सीआईबीले बताएको छ ।बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा बनाउने सम्बन्धमा सुरुवातदेखि हालसम्म संलग्न रहेकाहरूको फेहरिस्त निकाल्दै उनीहरूमाथि मुद्दा दर्ताको तयारी गरिएको छ । सीआईबीले सुरुवाती चरणमा ४१० जनामाथि मुद्दा चल्नुपर्ने भन्दै टिप्पणी