काठमाडौं, १६ कात्तिक । पशुपति गौशाला धर्मशालामा ८२औं गोपाष्टमी उत्सव २०७९ मनाइएको छ । मारवाडी सेवा समिति नेपालद्धारा संचालित उक्त उत्सवमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले असहायहरुलाई प्लास्टिकको खुट्टा वितरण गरेका थिए । Photo : Mukunda Kalikote
पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो । धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका छन् । शनिबार मारवाडी सेवा समिति नेपालले आफ्नो ६९ औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशाला गौशालामा आयोजना गरेको निःशूल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले सो कुरा बताएका हुन् ।मारवाडी सेवा समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा अमूल्य सहयोग गर्दै आएको र उक्त सेवामा थप बिस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पा
काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले मारवाडी सेवा समिति नेपाललाई डायलाइसिस मेसिन खरिद गर्नका लागि रु १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समितिले डायलाइसिस मेसिन खरिद गरी मिर्गौला रोगीहरुलाई निःशुल्क […]
काठमाडौं । सिद्धार्थ बैंकले मारवाडी सेवा समिति नेपाललाई १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले डायलासिस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलासिस मेसिन खरिद गरी मिर्गौला रोगीहरूलाई निःशुल्क सेवा प्रदान गर्न उपयोग गर्ने जनाइएको...
सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आइसोलेसनलाई रहेका कोरोना संक्रमितहरुका लागि ३ महिनासम्म दूध तथा दूधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दूधजन्य पदार्थ […]
मंगलबार बसेको मारवाडी सेवा समिति नेपालको वार्षिक साधारणसभा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष श्रवणकुमार अग्रवालले उपस्थित सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्दै मन्तव्य राखेका थिए ।
मारवाडी सेवा समिति नेपालको शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिले २०७६ साल साउन २२ गते एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०७६ को छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । मारवाडी सेवा समिति नेपालले ‘सेवा ही परमो धर्म’ उद्देश्यले लिई स्थापना गरिएको छात्रवृत्ति कोषबाट समितिअन्तर्गतको शिक्षा तथा छात्रवृत्ति व्यवस्थापन समितिले सूचना प्रकाशित गरी आर्थिकस्थिति कमजोर भएका छात्र-छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको थियो ।