अन्ततः एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

गैरआवासीय नेपाली संघ एनरआएनएको विगत ६ महिनायता जारी विवाद अन्ततः समाधान भएको छ । सहमतिको प्रयासस्वरुप गएराति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको गैरआवासीय नेपाली संघका नेता शनि कुमार ओलीले रातोपाटीलाई जानकारी दिए । ‘विवाद टुङ्ग्याइएको छ । दुई अध्यक्ष र महत्त्वपूर्ण पदहरू थपेर अघि बढ्ने भन्ने सहमति भएको छ’, उनले भने, ‘अब विधान संशोधन गरेर आवश्यक व्यवस्था गरिन्छ ।’एनआरएनएलाई जोगाउन दुवै पक्षमा