काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई 'रिफ्रेसमेन्ट सेन्टर' का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मरासिनीले भन्नुभयो, ‘विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रूपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई त्यहीरूपमा विकास गर्न सक्नुपर्छ ।’
आज नेपाल आयल निगमको ५३ औंँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पेट्रोल पम्पहरूलाई पूर्ण 'अटोमेटेड' र व्यवस्थित बनाएर अन्तर्राष्ट्र...