काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।
संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेले अवरोध गरे पनि विधेयक पास गर्ने सत्तारुढ दलको तयारी छ । एमालेको अवरोधकैबीच सरकारले प्रतिस्थापन विधेयकमार्फत गएको शुक्रवार नयाँ बजेट ल्याएको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिनिधि सभाको...