झापा – आउँदो मङ्सिर ४ गते हुने आम चुनावमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नम्बर १ लाई हेरिएको छ । झापा–१ मा तेस्रो पटक उम्मेदवार हुन लाग्नु भएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानुन ज्ञाताको छवि बनाउनु भएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता–प्रतिकूलताको लेखाजोखा र जोड–घटाउको हिसाबकिताब हुन थालेको छ । अग्नि खरेल झापाली नेतामोर्चाको राजनीति, जनवर्गीय सङ्गठनको राजनीति, पेसागत सङ्घ–सङ्गठनको राजनीतिको पृष्ठभूमि हुँदै ‘राजनीति जनताको सेवा हो&rs...