गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध छौँ : पूर्व जनमुक्ति सेना

पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरूले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बिहान पूर्व जनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा आफूहरूको त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीहरूले आफूहरू सधैं अग्रगमनको पक्षमा रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिधिसभा सदस