समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने संविधानको प्रस्तावनाको उद्घोष र नेपाल राज्यको परिभाषा गर्दा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनी संविधानको प्रारम्भिक भागमा नै उल्लेख गरिएको छ । यो व्यवस्थाका विरुद्ध पनि यतिबेला नेपाली राजनीति वाद ÷प्रतिवाद, अग्रगमन÷ प्रतिगमन, ध्रुव ÷प्रतिध्रुवको राजनीतिमा विभाजित छ । आफू पूरै सही र अर्को पूरै गलतको चक्रव्यूहमा नेपाली राजनीतिको कठिन यात्रा पुनःआरम्भ भएको छ ।