लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोनाको प्रभाव निरन्तर ओरालो लाग्दै गइरहेको छ । तर, विगत केहि दिनयता ‘इन्डियन भेरियन्ट’ को संक्रमण तीव्र भएपछि बेलायत कोरोना संक्रमणको तेस्रो लहरको मारमा पर्न सक्ने सम्भावना बढेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार दिएको जानकारी अनुसार हालसम्म २ हजार ३२३ मा उक्त भाइरस पुष्टि भइसकेको छ । गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको पनि उनले बताए । यसअघिको तुलनामा यो भाइरस झन्डै ५० प्रतिशत बढी संक्रामक रहेको वैज्ञानिकहरुले बताए